Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा


    बिहिबार, साउन २१ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा साउन २१ गते पेट्रोल बोकेकोे ट्याङ्कर पल्टिएर भएको आगलागीे सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

    अमलेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बन्यजन्तु मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । दुर्घटना पश्चात उक्त ट्याङ्करमा आगलागी भएको थियो ।

    दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ बारा र सुरक्षा बेश सन्तपुर रौतहटबाट टोली खटिएको थियो ।

    उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र तेल ट्याङ्कर पुर्ण रुपमा जलेकोे बताईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार