Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमल थापाले जिते टेनिस उपाधी


    शनिबार, चैत्र ३० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् ।

    काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।

    आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखी निरन्तर आफ्नो उमेर समुहको शिर्ष स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार