भुवन शर्मा
काठमाडौं । उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त (डिभिजन इञ्जिनियर) सुभाष बस्नेतले प्राधिकरणका नायव विकास आयुक्त (सुपरिटेण्डेट इञ्जिनियर) को नवराज प्याकुरेलको घरमा डोजर चलाइदिएका छन् । यस घटनापछि प्राधिरकणका माथिल्लो तहका कर्मचारीहरूबीच गुटबन्दी र विवाद सुरु भएको छ ।
उपत्यकालाई सुन्दर, शान्त, पर्यटकीय, हरियाली र व्यापारिक केन्द्र बनाई दिगो विकास र भद्रगोल विकासलाई सहज, सरल र व्यवस्थित तरिकाले बस्ती विकास गरी बस्न योग्य काठमाडौं उपत्यका बनाउने उद्देश्यबाट २०४५ सालमा उपत्यकाका विभिन्न भित्री ठाउँमा करिब ३सय कि.मि. गल्ली (भित्री सडक) लाई विस्तार गरी ६ देखि ८ मिटर चौडाइ बनाउने निर्णय गरिएको थियो । उक्त निर्णयलाई टेकेर गत बुधबार प्राधिकरण काठमाडौ आयुक्त बस्नेतले भाडामा डोजर लिई तथा संघीय प्रहरीको सहयोग लिएर काठमाडौ महानगर–३१, एकता मार्ग एसएस कलेज नजिकै नायव विकास आयुक्त प्याकुरेलको घरमा डोजर चलाएका थिए ।
डोजरले प्याकुरेको घरको भित्ता भत्काएको छ। त्यसपछि बल्ल प्याकुरेलले आफ्नो घरमा डोजर चलेको थाहा पाए । डोजर चलाउने कर्मचारी आफ्नै मातहतको कर्मचारी रहेछन् भन्ने बल्ल थाहा पाए । त्यसपछि उनले काम रोक्न लगाए । प्राधिकरणले आफैले संचालन गरेको गाइडेड ल्याण्ड डेभ्पलप्मेण्ट (जिएलडी) अर्थात् नियन्त्रित जग्गा विकास कार्यक्रम अन्तर्गत बस्नेतले प्याकुरेलको घरमा डोजर चलाएका थिए । भित्री गल्ली विस्तार गर्दा क्षतिपूर्ती दिन प्राधिकरणले गठन गरेको समितिको संयोजक प्याकुरेल आफैं हुन । तर उनकै घरमा डोजर चलेको छ ।
‘यसअघि नयाँ बानेश्वरकै लोकपथ मार्गमा डोजर चलाउन खोज्दा त्यहाँका स्थानीयबासीले पहिले पहुँचवाला र शक्तिशालीको घरमा डोजर चलाउनहोस अनि हाम्रो बस्तीमा आउनुहोस भनी ठाडै दबाब दिए’ बस्नेतले भने, ‘त्यसपछि मैले घरधनी पहुँचवाला छन कि छैनन्, त्यो हेरिनँ । प्राधिकरणले आफैं बनाएको नियम हेरे । नियम अनुसार भत्काउनु पर्ने देखेर भत्काएको हुँ ।’ डोजर चलाइसकेपछि मात्र उक्त घर विकास आयुक्तको नाममा रहेको थाहा पाएको उनले बताए ।
‘डोजर चलेपछि त्यहाँबाट म हिँडें । पछिमात्र थाहा पाए, त्यो घर हाम्रै विकास आयुक्तजीको रहेछ’ उनले भने ।
विकास आयुक्त प्याकुरेलले पनि घरमा डोजर चलेपछिमात्र आफूले थाहा पाएको बताए । ‘डोजर चलाउनुअघि कसैले केही भनेनन् । पछि मात्र थाहा पाएँ, उनले भने । नियमविपरीत आफ्नो घरमा डोजर चलाइएको उनले बताए ।
भित्री सडक विस्तार गर्न ६ देखि ८ मिटर चौडाइ हुनुपर्ने नियमलाई संशोधन गरी ठाउँ हेरेर ६ मिटरसम्म चौडाई बनाउने तयारी गरिएको उनको भनाइ छ । ६ मिटर चौडाइ गर्ने नियमले आफ्नो घर भत्काउनुनपर्ने उनले बताए ।
बस्नेतले भने नियमभित्रै रहेर डोजर चलाएको दाबी गरेका छन् । नयाँ नियम पास नभएसम्म पुरानो नियम कायम हुने बताउँदै प्राधिकरणकै एक कर्मचारीले पाँचौ पटकको प्रयासपछि एकतामार्गमा डोजर चलाइएको उल्लेख गरे ।
पहुँचवाला घरबाट डोजर चलाउन सुरु गरेपछि यसले समाजमा राम्रो सन्देश दिने बस्नेतले बताए । ‘शक्तिशालीको घरमा नछुने, सर्वसाधारणको घरमात्र डोजर चलाउने परम्परा राम्रो होइन । यस्तो परम्वारलाई तोड्नु पर्छ’ प्राधिकरणका अर्का एक कर्मचारीले बताए ।
उपत्यका भित्री सडका विस्तार गर्न तथा भित्री सडक ६ देखि ८ मिटरसम्म खाली गर्न प्राधिकरणले २०४५ सालदेखि नै पटक–पटक सूचना निकाल्दै आएको छ । २०६९ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला प्राधिकरणका कर्मचारीहरूले केही ठाउँमा भित्री सडक विस्तार गरेका थिए । प्राधिकरण स्रोतका अनुसार अझै करिब ७५ किमि सडक विस्तार गर्न बाँकी नै छ ।
तत्कालीन प्रधानमन्त्री भट्टराईको पालामा मुआब्जा नदिई उपत्यकाका भित्री सडक विस्तार गरिएको थियो । मुआब्जा नदिई सडक विस्तार गरिएको विषयमा २०७० सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्चले २०७४ मा मुआब्जा दिएर मात्र सडक विस्तार गर्न प्राधिरकणलाई आदेश जारी ग¥यो । त्यसपछि मुआब्जा दिन प्राधिरकणमा विकास आयुक्तको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
प्राधिकरणमा ताल्चा
यसैबीच कर्मचारीहरूको वृत्तिविकासको माग राख्दै काठमाडौं उपत्यका विकास प्राधिकरणकी इञ्जिनियर प्रकृृति केसीको नेतृत्वमा प्राधिकरणका कर्मचारीहरूले विकास आयुक्त जानुका ढकाल र नायब विकास आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा दुई दिनसम्म ताल्चा लगाएका थिए ।
माग पूरा गर्ने आवश्वास पाएपछि ताल्चा खुलाएको इञ्जिनियर केसीले बताइन् । गत शुक्रबारदेखि विकास आयुक्त र नायब विकास आयुक्तको कार्यकक्षमा लगाइएको ताल्चा खुलाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend