Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात बर्षसम्म एउटै कार्यालयमा बस्ने सहरीका इन्जीनीयरलाई चिनौं


    मंगलबार, भाद्र ३१ २०८२
    3.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सामान्यता एउटा कर्मचारी एउटा कार्यालयमा दुई बर्षसम्म मात्र कार्यरत हुन्छ । दुई बर्ष अवधि पूरा भएपछि उसको अन्य कार्यालयमा सरुवा हुने गर्छ । निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५० मा गरिएको व्यवस्था यही हो । तर शक्ति, पहुँच र आर्थिक प्रभावमा पारेरमा केही कर्मचारी दुई बर्ष भन्दा बढी अझ लामो समयसम्म एउटै कार्यालयमा बस्ने गरेको पाइएको छ ।

    सात बर्षसम्म एउटै कार्यालयमा रजगज गर्ने कर्मचारी हुन्, सहरी विकास मन्त्रालय मातहतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषामा कार्यरत इन्जीनीयर लक्ष्मण यादव । उनी सात बर्षदेखि सोही कार्यालयमा कार्यरत छन् । पहुँच र शक्तिका भरमा उनी त्यस कार्यालय छाडेर अन्यत्र जान मान्दैनन् । उनी लामो समयदेखि त्यही कार्यालयमा राज गरिरहेका छन् । यो भनेको चरम बेथिति हो–मन्त्रालयका एक कर्मचारीले भने ।

    सात बर्षको बीचमा उक्त कार्यालयमा कार्यालय प्रमुख पटक–पटक फेरिए तर लक्ष्मणलाई भने सरुवा भएर अन्यत्र जानुपरेको छैन । उक्त कार्यालय उनका लागि आकर्षक ठाउँ भएको छ । उक्त कार्यालयमा बसेर उनले ठूलो आर्थिक उपार्जन गरेका मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

    लामा समयसम्म एउटा कर्मचारी एउटै कार्यालयममा राज गरेर बस्दा न सहरी विकास मन्त्रालयले चलाउने गरेका छन् न त सहरी विकास तथा भवन निर्माण विभागले चलाउने गरेको छ । हरेक बर्ष विभागले ठूलो संख्यामा इञ्जिनियरहरुको सरुवा गर्ने गर्छ । सामान्यतया भदौ–असोज  महिनामा निजामती कर्मचारीहरुको सरुवा गर्ने गरिन्छ । तर लक्ष्मणको हकमा धेरै वटा  भदौ/असोज महिना गइसके, कसैले उनलाई छुन सक्दैन । किनभने उनले विभागका माथिल्लो तहका केही कर्मचारीहरुलाई ‘खुशी’ बनाएर  सधैं एउटै कार्यालयमा टिक्ने गरेका छन् ।

    देशको परिस्थिति परिवर्तन भइसकेको अहिलेको अवस्थामा अब यस्तो चरम बेथितितर्फ पनि मन्त्रालय नेतृत्वको ध्यानाकर्षण हुनुपर्ने भनाइ मन्त्रालयमा कार्यरत कर्मचारीहरुको छ । सहरी विकासमा नेतृत्व फेरिएको छ । नयाँ नेतृत्वले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बिधि र पद्धतिका पक्षधर कर्मचारीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार