Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डा. मिश्रको प्रश्नः सारा संरचना ध्वस्त हुँदा नरोक्नु सेनाको मूकदर्शकपना कि गेमप्लान ?


    बिहिबार, भाद्र २६ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । जेन–जीले सोमबार गरेको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि मंगलबार देशभर निस्किएको अनियन्त्रित भीडले देशका सारा संरचना ध्वस्त बनायो ।

    अनियन्त्रित भीडसामु प्रहरी निरीह भयो । हुँदाहुँदा प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय, देशको मुख्य प्रशासनिक अड्डा सिंहदरबार, सर्वोच्च अदालतसम्म आगजनी र तोडफोड गरे । सबै मन्त्रालयका कागजात जलेर खरानी भए ।

    सोमबारकै प्रदर्शनमा राष्ट्रको सुरक्षाको लागि जनताको करबाट पालिएको सेना प्रहरीसँगै जानुपर्ने थियो । तर गएन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो २ बजे नै राजीनामा दिइसकेपछि नेपाली सेना खटिएको भए सिंहदरबार, राष्ट्रपति भवन जस्ता संरचनाहरु जोगाउन सक्थ्यो । तर सेना एकैपटक सबै संरचना आगोले दनदनी बलेर खरानीमा परिणत भएपछि मात्र मंगलबार राति १० बजेबाट परिचालित भयो । देशभरका संरचना नजल्दै सोमबारै सेना किन खटिएन ? देशको आन्तरिक सुरक्षा गर्नु सेनाको दायित्वभित्र पर्दैन ?

    १४ बर्षदेखि १८ बर्षसम्मको पुस्ता जेन–जीले गरेको प्रदर्शन भए पनि सोमबार संसद भवन तोडफोड गर्ने कस्ता अनुहार थिए ? ती अनुहारबारे सेना जानकार थिएन र ? लोकतान्त्रिक सरकारको निर्देशन मान्नुपर्ने होइन र सेनाले ? किन मंगलबार राति १० बजे प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने स्थिति निम्तियो ? भन्ने कोणबाट धेरै प्रश्न उठेका छन् । जेन–जीले आन्दोलन गरेको हो । तर सेनापति अशोक सिग्देलले दुर्गा प्रसाईलाई सरकार गठनका निम्ति वार्तामा बोलाएपछि धेरै प्रश्न उठेका छन् ।

    जेनजीबाट वार्तामा गएकी रक्षा बमलाई सेनापतिले दुर्गा प्रसाईलाई पनि आन्दोलनको स्टेकहोल्डर भनेको कुरा समेत सार्वजनिक भएको छ । दुर्गा प्रसाई कसरी स्टेक होल्डर भए ? भन्ने प्रश्न उठेको छ । सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिले हो । तर सेनापतिले गरिरहेका छन् । संसद छ, राष्ट्रपति छन् । तर सेनापतिले सरकार गठन आह्वान गर्नुले के संकेत गर्छ ? राष्ट्रपतिलाई संसद बिघटन गर्न सेनापतिले दबाब दिएको कुरा समेत बरिष्ठ बरिष्ठ पत्रकार किशोर नेपालले बुधबार खुलासा गरेका छन् ।

    यसैबीच, डा. सुमेध मिश्र गेमप्लान अनुसार नै सेनाले राष्ट्रका संरचना आगलागी हुँदा पनि नरोकेको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन्–‘कुराहरु प्रष्ट हुँदैछ !

    Dots हरु Connect हुँदैछन् ।

    भीड नियन्त्रण गर्नलाई गोली चलाउनुपर्थेन ! Barricade बलियो बनाउन सकिन्थ्यो ! सबै जना संसद भवनभित्र छिरेका नि थिएनन् ! फेरि टाउको र छाती ताकेर गोली हान्याछन् ! त्यो विभत्स नरसंहार game plan कै part थियो !

    भोलिपल्ट जब सारा संरचनाहरु ध्वस्त बनाइँदै थिए, सरेआम गुण्डागर्दी, सरेआम लूटपाट मच्यो, तब रोक्नलाई एकरत्ति प्रयास नगर्ने सेनाको नियतमा खोट थियो । सेनाको त्यो मूकदर्शकपना लाचारी हैन game plan कै part थियो !

    दुर्गा प्रसाईं र प्रधानसेनापतिको भेट, आज पहिलो पटक भएको त पक्कै नहोला ! मूर्ख प्रसाईले सार्वजनिक गरिदिए !

    सुशीला कार्की आफ्नो कुन senior को कुरा सुन्छिन् र त्यो senior को विकेक कहाँबाट परिचालित छ भन्नेबारे धेरै लेख्नु नपर्ला !

    राष्ट्रपतिलाई जबरन राजिनामा मागियो भन्ने जुन कुरो आयो, त्यो पनि किशोर नेपालमार्फत् त्यति सामान्य कुरो हैन !

    थप Anarchism फैलाउने प्रयत्न गर्छन ! यसमा रत्तिभर नि सन्देह छैन १ सबै नेपाली Vigillant हुन जरूरी छ !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार