Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • झापामा कर्फ्यू : घर बाहिर ननिस्कन प्रशासनको आग्रह   


    बुधबार, भाद्र २५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • झापा ।  जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज अपराह्न ३ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मका लागि झापा जिल्लाभर कर्फ्यू आदेश जारी गर्नुभएको छ ।
    ‘जेन–जी’ आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गरेको कारण त्यसलाई कडाइका साथ रोक्न कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।

    कर्फ्यू अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन र निस्कनै परे सुरक्षाकर्मीसँग अनुमति लिन प्रशासनले आग्रह गरेको छ । कर्फ्यू अवधिमा हिँडडुल गर्न, भेला हुन, सभा जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जनाइएको छ ।

    भदौ २३ र २४ गते भएको आन्दोलनपछि अराजक समूहले झापाका अधिकांश स्थानीय तहका भवन, विर्तामोड र काँकडभिट्टाका भाटभटेनी सुपरमार्केट, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

    हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेको छ ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार