Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १२ हजार घुससहित अदालतका नायबसुब्बा पक्राउ


    बिहिबार, भाद्र १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत, बाँकेमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १२ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

    आयोगको बुटवल सम्पर्क कार्यालयको टोलीले बिहीबार बाँके जिल्ला अदालतको (क) फाँटमा कार्यरत धमलालाई नियन्त्रणमा लिएको हो ।

    फैसलाको प्रतिलिपि दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगको टोलीले नासु धमलालाई १२ हजार रुपैयाँ लिइसकेपछि नियन्त्रणम लिएको आयोगले जनाएको छ । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ शान्तिनगरस्थित यातायात चोकबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार