Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही र मनाङ उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृत सिफारिस


    मंगलबार, भाद्र १७ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदले रुपन्देही–३ र मनाङको प्रदेशसभा–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस गरेको छ ।

    मंगलबार बसेको न्यायपरिषद्को बैठकले रुपन्देही क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतलाई मुख्य निर्वाचन अधिकृत बनाउने सिफारिस गरेको हो ।

    यसैगरी मनाङको प्रदेशसभा क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

    निर्वाचन आयोगले उनीहरूलाई नियुक्त गरेपछि आधिकारिक रूपमा उनीहरूले जिम्मेवारी सम्हाल्नेछन् ।

    रुपन्देही ३ र मनाङ प्रदेश सभा २ मा २०८२ कात्तिक १७ गते निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार