काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका ३ न्यायाधीशको सुुनुवाइ सकिएको ९ दिन बितिसक्दा पनि संसदीय सुुनुवाइ समितिले अनुमोदन गरेको छैन ।
संसदीय सुनुवाइ समितिले असार १० गते सुनुवाइ सुरु गरी असार १३ गते सकेको थियो । विगतमा सुनुवाइ सकिएकै दिन वा भोलिपल्ट अनुमोदन गर्ने समितिले यो पटक ९ दिनसम्म पनि अड्काएर राखेको छ ।
विगतमा करोडौं मूल्यका सार्वजनिक पोखरी नै दर्ता गर्न आदेश दिएकादेखि बिभिन्न गम्भीर प्रकृतिका उजुरी परेका न्यायाधीशहरुको सुनुवाइ सक्नासाथ अनुमोदन गर्दैआएको संसदीय समितिले यो पटक ९ दिनसम्म किन अड्काएर राखेको हो भन्ने प्रश्न उठेको छ ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीनै जनाका बिरुद्ध कानुन ब्यवसायी हुँदा अमुक घरानाको पक्षमा बहस गरेको बाहेक कुनै उजुरीसमेत नपरेको अवस्थामाा ९ दिनसम्म अनुमोदन नगरी संसदीय समितिले बार्गेनिङ त गरेको छैन भन्ने आशंका समेत उत्पन्न हुन थालेको छ ।
समितिमा रहेका सत्तारुढ दल नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक रहेका सांसद महेश बर्तौलाले सुनुवाइका क्रममा न्यायाधीशमा सिफारिस भएका मेघराज पोखरेलको विगतको राजनीतिक आस्था र कुनै ब्यापारीक घरानाको कानुनी सल्लाहकार रहेको भन्दै उनलाई न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुन सुझाव दिएका थिए । समितिमा रहेका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि बर्तौलाकै जस्तो सुझाव दिएका थिए ।
विवादित पात्र र गम्भीर प्रकृतिका उजुरी पर्दा सुनुवाइ सक्नासाथ अनुमोदन गर्ने समितिले एकाध हल्काफुल्का र अप्रमाणित उजुरी परेका र विवादमा नपरेका न्यायाधीशको सुनुवाइ सकेको १० दिनसम्म पनि अनुमोदन नगरेपछि अनेक आशंका पैदा भएका छन् । सुनुवाइ समितिका बर्तौला र कार्कीले न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुहोस् भनेर आफ्नै स्वविवेकले नभई पार्टीकै नेतृत्वको संकेत पाएर त्यस्तो बोलेका हुन् ? अनुमोदन प्रक्रियामा बिलम्ब हुनुले पार्टीको शीर्ष नेतृत्वकै संकेत पाएर बर्तौला र कार्कीले बोलेको कुरा पुष्टि हुँदै गएको छ । न्यायपरिषदले सर्वसम्मत सिफारिस गरिसकेपछि संसदीय समितिका कुनै सांसदले कुनै ठोस कारणबिना नै न्यायाधीश नहोऊ भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न पनि उठेको छ ।
पार्टीका शीर्षनेता चाहँदा तुरुन्तै अनुमोदन हुन्छ । तर यसरी अनुमोदन रोकेर बार्गेनिङ गर्न खोजिएको त होइन भन्ने सन्देश प्रवाहित भएको छ । संवैधानिक निकायको निर्णय सुनाउने दिन पर्खिएर अनुमोदन नगरिएको हो भने त्यो पनि फैसला भएर रिट नै खारेज भइसकेको पनि ४ दिन बितिसकेको छ ।
गएको जेठ २७ गते बसेको न्यायपरिषद बैठकबाट बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्बोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस भएका थिए ।
सर्वोच्चका तीन न्यायाधीशमात्र होइन, न्यायपरिषदका सदस्य महेशप्रसाद नेपालको समेत सुनुवाइ सकिए पनि अनुमोदन हुनसकेको छैन । उनको पनि असार १३ गते नै सुनुवाइ सकिएको हो । रामप्रसाद भण्डारीको कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई न्यायपरिषदको सदस्यमा नियुक्ति सिफारिस गरेका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend