काठमाडौं । रौतहटको गरुडा नगरपालिका, शिवनगरमा गएको साउन २९ गते बरामद भएको ८ सय ४० बोरा चिनीमध्ये १ सय २० बोरामात्र भन्सारमा बुझाएको र ७२० बोरा गायब पारिएको बिषयमा सशस्त्र प्रहरीका एक एसपी, दुई डीएसपीसहित छानबिनमा तानिइसकेका छन् । रौतहटको ११ नम्बर गणका एसपी सन्तोष बस्नेतको ठाउँमा त रामहरि अधिकारीलाई खटाइसकिएको छ ।
गौर गुल्मका डीएसपी अमर लामा र सन्तपुर बेसका डिएसपी राजेन्द्र बस्नेतसहितका सई, इन्स्पेक्टर र अरु प्रहरीमाथि छानबिन भइरहेको छ । चिनी गायब र त्यसपछि तल्लो तहदेखि एसपीसम्म तानिएपछि छिन्नमस्ता बाहिनी मधेश प्रदेशका डीआईजी कृष्ण ढकाल तनावमा परेका छन् । छानबिनमा परेकाहरुको बयानका आधारमा उनीसमेत तानिने संभावना देखिएपछि उनी तनावमा परेका हुन् ।
त्यही तनावका बीचमा डीआईजी ढकाल र १२ नम्बर गण बाराका गणपति खुमबहादुर केसी र १३ नम्बर गणका एसपी पुरन चन्द भट्टलाई लिएर शुक्रबार पर्साको ठोरी गएका थिए । दुई एसपीलाई लिएर ठोरीको बीओपीमा रात बिताएका थिए । ठोरीको बीओपीमा सशस्त्रका उच्च अधिकारीसमेत बस्न मिल्नेगरी निर्माण गरिएको छ ।
रौतहटको शिवनगरमा तस्करीको चिनी बरामद गर्न आईजीपी राजु अर्यालले निर्देशन दिएको तर पछि डबल स्ट्यान्डर्ड देखाइएको भन्दै ढकालले रोष प्रकट गरेको स्रोत बताउँछ । सशस्त्र मुख्यालयदेखि छिन्नमस्ताले समेत प्रदेशमा परिचालन गरेका घुमुवा सहायक हवल्दार रोशन मिश्र र हवल्दार राजीव यादवमार्फत् चिनी बरामद गर्न लगाइएको तर पछि एकपछि अर्को गरी कारबाही गरिएकोमा उनी रुष्ट छन् । आफूसमेत छानबिनमा तानिने भएपछि उनले डबल स्ट्यान्डर्ड देखाएको भन्दै गुनासो गरेको स्रोत बताउँछ ।
आईजीपीका विश्वासपात्रलाई प्रयोग गरी चिनी बरामद गर्न लगाइयो, बरामद भएपछि उल्टै आफ्नो समेत बदनाम गरिएकोमा ढकाल रुष्ट भएको बताइन्छ । शुक्रबार अबेर रातसम्म खानपिन गरी ठोरीको बीओपीमा बसेका ढकाल शनिबार काठमाडौं आइसकेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend