काठमाडौं । मन्त्रिपरिषदको बैठकले ७० सहसचिवको सरुवा गर्दा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा सुधार गरिरहेका महानिर्देशक कुमारप्रसाद दाहाललाई मन्त्रालयबाटै आउट गरिएको छ ।
बिभागको महानिर्देक भएपछि दाहालले कन्सलेटन्सी, शिक्षण संस्था, ठूला ब्यापारीक घरानाको कालोबजारी र ठगीका बिरुद्ध अभियान नै चलाएका थिए । बिगत केही बर्षदेखि सुस्त र कालाबजारीयाको प्रभावमा परेको बिभागलाई चलायमान बनाउन सफल भएका दाहालले हरेक बस्तुमा एमआरपी लगाउनुपर्ने ब्यवस्था अनिवार्य गर्न थालेका थिए । जसका कारण बजारमा उपभोक्ता ठगिने क्रम घट्दै गएको थियो ।
सुधारवादी छवि बनाएर बिभागको कामकारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउँदै उनै दाहाललाई हटाउनका लागि उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीको ठूलै भूमिका रहेको चर्चा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुने गरेको छ । करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्स र श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानीका अभिन्न मित्र समेत रहेका ज्ञवाली पछिल्लो समय दाहालसँग असन्तुष्ट थिए ।
मालपानीका उद्योगबाट उत्पादित भोला र करेन्ट छापा गुट्खाको आफैंले प्याकेटमा उल्लेख गरेको तौलभन्दा कम बिक्रीबितरण बाणिज्य बिभागले ललितपुरमा रहेको गोदाममा सिल गरेको थियो । राजस्व अनुसन्धान बिभागसहित अन्य निकायलाई आफ्नै कब्जामा राखेका मालपानीले दाहाललाई सेटिङ गर्न खोज्दा उनले अस्वीकार गरेपछि उनलाई त्यहाँबाट हटाउन मालपानीका मित्र ज्ञवाली सक्रिय भएका थिए । मालपानीका अर्का साझेदार पूर्व नायबसुब्बा रघु घिमिरेहरु सबै शक्ति लगाएर उनको सरुवा बाणिज्य बिभागबाट गर्न लागेका थिए । घिमिरे जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा अर्थमन्त्रालयमा गएर करका दर हेरफेर गर्ने बहुचर्चित सुब्बा हुन् ।
तौल नपुगेका र अन्तः शुल्क समेत बुझाएका दसौं करोडका गुट्खा बजारबाट फिर्ता लिन लिखित निर्देशन दिएपछि त झनै मालपानीहरु दाहाललाई जसरी पनि सरुवा गराउन लागिपरेका थिए । ज्ञवालीले पटक पटक उद्योग मन्त्री दामोदर भण्डारीलाई दाहाललाई सरुवा गरी उनी अनुकूलका रोशन ज्ञवालीलाई बाणिज्य बिभागको महानिर्देशक बनाउने भन्दैआएका छन् । तर मन्त्री भण्डारीले रोशनलाई नरुचाएपछि दाहाललाई हटाउन ज्ञवालीले मुख्यसचिव एकनारायण अर्याललाई नै गुहारेको स्रोत बताउँछ । बाणिज्य बिभागको महानिर्देशक बनाउनका लागि बलराम निरौलालाई उद्योग मन्त्रालयमा लगिएको चर्चा पनि उत्तिकै छ ।
त्यसैगरी, गोल्डस्टार कम्पनीले बिनाएमआरपी जुत्ता बिक्री बितरण गरेको भेटिएपछि बाणिज्य बिभागको टोलीले छापा हानी जरिवाना तिराएको थियो । जरिवाना तिराएसँगै गोल्डस्टारकी संचालिक बिदूषी राणाले मन्त्री भण्डारीलाई भेटेरै दाहालको सरुवा गराउन हारगुहार गरेकी थिइन् । भण्डारीका सचिवालयका प्रमुख स्वकीय सचिव आनन्द भट्टले त गोल्डस्टारमाथि गरिएको कारबाही फिर्ता लिन पटक पटक दाहाललाई निर्देशन दिए पनि उनले जरिवाना तिराएरै छाडेका थिए ।
त्यसैगरी, परराष्ट्र मन्त्री आरजु राणा देउवाको युलेन्स स्कुल, कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठको लिटिल एन्जेल्स, राजेश खड्काको जेम्स, प्रधानमन्त्री केपी ओलीनिकट द्विराज शर्मा शिवाकोटी अल्फाबिटा कन्सलटेन्सी लगायतका ठूला शिक्षण संस्थाहरुले मनपरी शुल्क लिएको भेटिएपछि बिभागले जरिवाना तिराएको थियो । उक्त प्रकरणपछि पनि दाहालको सरुवाका लागि तीव्र दबाब उद्योग मन्त्रीदेखि प्रधानमन्त्रीसम्म परेको थियो ।
बाणिज्य सचिव डा. रामप्रसाद घिमिरे, उद्योग सचिव कृष्णबहादुर राउत र मन्त्रीका प्रमुख स्वकीय सचिव आनन्द भट्टले कानुन बिपरीतका काम गर्न दिएको निर्देशन अस्वीकार गरेपछि दाहाल उनीहरुको नजरमा समेत नकारात्मक सूचीमा परेका थिए ।
उपभोक्ताहरुको नजरमा सुधारवादी प्रशासकको रुपमा चिनिएका दाहाल कालोबजारी गर्ने र उपभोक्ता ठग्नेहरुका लागि भने आँखाको कसिंगर जस्तै बनेका थिए । उनको सरुवा भएसँगै पछिल्ला दिनमा उनले थालेका उपभोक्ता हितका अभियान अलपत्र पर्ने निश्चित छ । बाणिज्य बिभागको डीजीमा राजन पौडेल जस्तै अनुगमन नै नगरी कार्यकाल बिताउने पात्रको खोजी भइरहेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend