Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घुस लिने कार्यालय सहयोगी पक्राउ, कलंकी नापीका हाकिम पनि छानबिनमा तानिंदै


    सोमबार, साउन २६ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नापी कार्यालय कलंकीका एक कर्मचारी १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सोमबार कलंकी नापी कार्यालयका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

    चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त घुस लिइसकेपछि अख्तियारले नियन्त्रणमा लिएको हो ।

    कार्यालय सहयोगी कुँवरलाई पक्राउ गर्नुका साथै आयोगको टोलीले नापी कार्यालय कलंकीका कार्यालय प्रमुख केशवराज लेखकको मोबाइल डिभाइस–२ थान,  नापी अधिकृत योगेन्द्र यादव र सर्भेक्षकको मोवाइल अनुसन्धानका लागि लगेको छ ।

    कार्यालय सहयोगीको घुसको कनेक्सन कार्यालय प्रमुख लेखकसम्मै रहेको आशंकामा उनको मोवाइल समेत बरामद गरेको छ । अख्तियारले मोवाइलको फरेन्सिक ल्याब परीक्षण गरी कार्यालय प्रमुख र सर्भेक्षकको समेत कनेक्सन रहेनरहेको बारेमा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार