Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण


    सोमबार, साउन १९ २०८२
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो ।

    १२ कक्षाको परीक्षामा पाँच हजार २०२ विद्यालयका ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा सहभागी थिए ।

    आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

    परीक्षामा सहभागी ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार