काठमाडौं । प्रहरीले बिहीबार राति ठमेल र महाराजगंज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगंजको साम्बला होटलमा जन्मदिन मनाइरहेका गुण्डानाइके मिलन गुरुङ(चक्रे मिलन) र सिद्ध गुरुङ लगायत छन् ।
बिहीबार राति गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरुको सूची सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा गोरखा सिरानचोक घर भएका सिद्ध गुरुङ पनि छन् । उनलाई चक्रेको जन्मदिन मनाइरहेकै ठाउँबाट पक्राउ गरिएको थियो ।
गुरुङ धरहरा संचालन गर्ने कम्पनी साइडवाकर्सका संचालक हुन् । २०७२ को भूकम्पअघि गुरुङको कम्पनीले धरहरा संचालनको ठेक्का पाएको थियो । धरहरा संचालनको ठेक्का पाएको साइडवाकर्सले वरिपरि खुल्लारुपमा मासुदेखि मम र सेकुवा पसल संचालन गरी बातावरण नै प्रदूषण गर्दै भाडा उठाउने तर महानगरलाई नतिरेकोमा विवादित थियो । काठमाडौं महानगरलाई सम्झौता अनुसारको भाडा नतिरेपछि यादव कोइराला प्रमुख प्रशासकीय अधिकृत हुँदा डोजर लगाएर धरहरा वरिपरिका अवैध संरचना हटाएका थिए ।

भूकम्पपछि धरहरा सरकारले निर्माण गर्यो । सम्झौताअनुसार साइडवाकर्सले नै धरहरा निर्माण गर्नुपर्नेमा गरेन । उल्टै धरहरा निर्माणपछि साइडवाकर्सले १४ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै सिद्ध गुरुङले अदालतमा मुद्दा दिए । काठमाडौं महानगरपालिकाका कानुन बिभागका प्रमुख बसन्त आचार्यसँग सेटिङ गरी अदालतबाट मुद्दा जिते । र, मेयर बालेन साहलाई समेत गुमराहमा पारी सोझै
काठमाडौं महानगरको खाताबाट १४ करोड भुक्तानी सिद्ध गुरुङको साइडवाकर्सलाई दिएका थिए । सम्झौता अनुुसार धरहराको ठेक्का लिएपछि भत्किंदा बनाउनुपर्ने साइडवाकर्सकै हो । तर सिद्ध गुरुङले धरहरा त निर्माण गरेनन् नै, उल्टै सरकारले बनाइसकेपछि आफ्नै कम्पनी साइडवाकर्सले नै ठेक्का पाउनुपर्ने, तर नपाएको भन्दै काठमाडौं महानगरपालिकाबिरुद्ध क्षतिपूर्ति मागदाबी गर्दै मुद्दा दायर गरे । महानगरका कानुन प्रमुख बसन्त आचार्यसँग सेटिङ गरी मुद्दा जितेर १४ करोड क्षतिपूर्ति लिएका थिए ।
सिद्ध गुरुङले काठमाडौं हात्तीसारमा आलिसान दोहोरी रेष्टुरेन्ट पनि संचालन गरेका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले सिद्ध गुरुङ पक्राउ परेको बताए । उनले भने–‘पक्राउ परेकाहरुको स्क्रीनीङ गर्ने कार्य परिसरका अधिकृतहरुले गरिरहनुभएको छ । स्क्रीनिङ सकिएपछि दोषी देखिएकाहरुलाई म्यादथप गरी अनुसन्धान गर्ने र कसुर नभएकाहरुलाई छाडिनेछ ।’ चक्रेसँगै पक्राउ परेका सिद्ध गुरुङले छुट्नका लागि बिभिन्न शक्ति प्रयोग गरिरहेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend