सर्लाही । मधेसको सर्लाहीमा सीमावर्ती क्षेत्र हुँदै बर्षौंदेखि लुकीछिपी हुँदै आएको तस्करी अहिले प्रहरीकै संरक्षणमा, खुलमखुला र संगठित ढंगले सञ्चालन भइरहेका प्रमाण फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको निर्देशनमा तस्करी संस्थागत रूपमा सञ्चालन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको आफन्त रहेका एसपी खड्काले “कसैले जे भने पनि मलाई केही हुँदैन” भन्ने घमण्डसाथ तस्करीको कमाण्ड सम्हालिरहेको प्रहरी वृत्तमै चर्चा छ ।
नाकामा प्रहरी होइन, पासिङ एजेन्ट !
जिल्लाभरका सीमा नाका— हिरापुर ब्यारेज, फेनहरा, मधुवनी गोठ, बहादुरपुर, अर्नाहा, बलरा लगायतका ठाउँहरूबाट दैनिक रूपमा ल्याइने कपडा, किराना सामान र खाद्यान्न बरहथवामा जम्मा गरिन्छ । त्यसपछि ती सामानहरू पिकअप र ट्रकमार्फत काठमाडौं, हेटौंडा र बागमतीसम्म ढुवानी गरिन्छ ।
हिरापुरका पूर्व इन्चार्ज सई बैजनाथ दासको तस्करसँगको बार्गेनिङ अडियो सार्वजनिक भएपछि निलम्बनमा परे पनि अहिलेका इन्चार्ज सई नागेन्द्र यादव आएसँगै तस्करी झनै तीव्र बनेको स्थानीय व्यापारी बताउँछन् ।
बरहथवा प्रहरीको सेटिङमा वरिष्ठ घुमुवा हवल्दार राम यादव र सहायक हवल्दार शशीनन्दन पाण्डे संलग्न रहेको खुलेको छ । स्रोतका अनुसार यी दुवैको दरबन्दी सिरहा र ढल्केवरमा भए पनि प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीको मौखिक आदेशमा उनीहरू बरहथवामा खटिएका हुन् ।
तस्कर–प्रहरी गठजोड ः गाडी पास गर्न सेटिङ
स्थानीय व्यापारी, तस्कर र प्रहरी मिलेमतोमा सञ्चालित तस्करीमा कपडा तस्करहरूमध्ये हिरालाल साह, ईन्दु शहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादवजस्ता व्यक्तिहरू अग्रमोर्चामा छन् । किराना सामानमा बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौसन यादव, कन्हाई पण्डित, रसिया यादवलगायत सक्रिय छन् ।
यी तस्करहरूको मालवाहक गाडीलाई प्रतिगाडी हजारौँ रुपैयाँ लिएर ’लाइन मिलाउने’ काम इन्स्पेक्टर, सई र घुमुवा हवल्दारले गर्दै आएका छन् ।
गडहिया प्रहरी पनि संरक्षणमै व्यस्त
इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उज्वल कार्कीको निर्देशनमा जवान बालबीर पासवान तस्करी स्कर्टिङमा सक्रिय छन् । व्यापारीहरूका अनुसार उनीहरू स्कर्टिङ, पास र सुरक्षा मिलाउने काममा दिनभर खटिन्छन् ।
नयाँ नाम–पुराना धन्दा
नामुद तस्कर नवीन चौधरी ’मुना’ को नाममा कपडा, मकै, बीउ र काठपलाइ तस्करी गर्छन् । राजेश ठाकुर भारतबाट मकै, पटाका, बीउ ल्याउँछन् भने नेपालबाट स्याउ पठाउँछन ्। विजय यादव, दिनेश चौधरी, सन्तोष डिलर, कृष्ण यादव, अजय दास, अजय शहनी सबै यसै कारोबारमा छन् ।
प्रहरी प्रशासन मौन, कारबाही शून्य
तस्करीको सम्पूर्ण रुट, नाम, नाका, गाडी, संलग्न प्रहरी र तस्कर सबै खुलेका छन् । तर जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायत जिम्मेवार निकायहरू बेखबरझैँ छन् । अहिलेसम्म कुनै अनुसन्धान वा कारबाही नहुँदा तस्करहरू झनै खुला भएका छन् ।
एसपीको संरक्षणमा भइरहेको तस्करीले राज्यसंयन्त्रको विश्वसनीयता र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीजस्तो संवैधानिक निकायको नेतृत्वमै तस्करी सञ्चालन हुँदा राज्यकै ढाँचा खिया लाग्दै गएको संकेत देखिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend