काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा विवाद र कुटपीटमा संलग्न रहेको आरोपमा कुख्यात ‘गुन्डा नाइके’ सानुभाइका नामले चिनिने युवराज गुरुङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति भएको कुटपिटपछि गुरुङलाई नियन्त्रणमा लिइएको हो ।
गुरुङ ठमेल क्षेत्रमा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् । सोही क्रममा नगरकोट दोहोरी साँझमा उनको समूहले ले विवाद चर्काएपछि स्थानीयको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।
त्यसक्रममा सानुभाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
गुरुङमाथि यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ । यस्तै २०८० सालको माघमा पनि ठमेलस्थित छायाँ सेन्टरको पार्किङमा गुरुङसहितको समूहले एक पुरूषमाथि कुटपिट गरेको थियो ।
सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको थियो ।
उनी त्यसभन्दा अगाडि २०८० सालको असारमा ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परी १० हजार धरौटीमा छुटेका थिए ।
उनको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो ।
सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन् । उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने गरेका गुरुङइलाई प्रहरीले २०७२ सालमा पक्राउ गरेको थियो । त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो ।
सानोभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले आक्रमण गरेका थिए ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend