काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा विवाद र कुटपीटमा संलग्न रहेको आरोपमा कुख्यात ‘गुन्डा नाइके’ सानुभाइका नामले चिनिने युवराज गुरुङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति भएको कुटपिटपछि गुरुङलाई नियन्त्रणमा लिइएको हो ।
गुरुङ ठमेल क्षेत्रमा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् । सोही क्रममा नगरकोट दोहोरी साँझमा उनको समूहले ले विवाद चर्काएपछि स्थानीयको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।
त्यसक्रममा सानुभाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
गुरुङमाथि यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ । यस्तै २०८० सालको माघमा पनि ठमेलस्थित छायाँ सेन्टरको पार्किङमा गुरुङसहितको समूहले एक पुरूषमाथि कुटपिट गरेको थियो ।
सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको थियो ।
उनी त्यसभन्दा अगाडि २०८० सालको असारमा ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परी १० हजार धरौटीमा छुटेका थिए ।
उनको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो ।
सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका व्यक्ति हुन् । उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने गरेका गुरुङइलाई प्रहरीले २०७२ सालमा पक्राउ गरेको थियो । त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो ।
सानोभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले आक्रमण गरेका थिए ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend