Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कुमार ‘घैँटे’ निकट गुण्डा नाइके सानुभाइ पक्राउ


    आइतबार, चैत्र २२ २०८२
    550
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनमा राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले शुक्रबार रातिदेखि उपत्यकामा व्यापक रूपमा गुण्डागर्दीविरुद्ध अपरेशन चलाउँदै आएको छ ।

    यस क्रममा शुक्रबार राति मात्रै १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ भने सानुभाइसहित पक्राउ संख्या १८ पुगेको प्रहरीले जनाएको छ ।
    नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।

    २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।

    सानुभाइलाई विगतमा प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात व्यक्तित्व कुमार श्रेष्ठ ‘घैँटे’को नजिकका सहयोगीका रूपमा चिनिन्छ । ‘घैँटे’को इन्काउन्टरपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार