काठमाडौं । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।
साउन ९ गते अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदद्वय मिना पराजुली र माया श्रेष्ठले आफूलाई जानकारी नै नगराई हस्ताक्षर गराइएको भन्दै नाम फिर्ता लिएका छन् । इन्द्रबहादुर बानियाँलाई
मुख्यमन्त्री बनाउनका लागि लामाबिरुद्ध हस्ताक्षर गरेका सांसदद्वय पराजुली र श्रेष्ठ ४ दिनमै लामाकै पक्षमा देखिएका छन् । लामालाई मुख्यमन्त्रीबाट हटाउने पक्षमा २४ सांसद देखिएका थिए ।
मुख्यमन्त्री लामाले अविश्वास प्रस्ताव सामना गर्ने भन्दैआएका छन् । उनलाई दबाब दिन मिनकृष्ण महर्जन लगायतका ४ मन्त्रीले राजीनामा दिएका थिए । तर पनि मुख्यमन्त्री राजीनामा नदिई अविश्वास प्रस्ताव सामना गर्ने पक्षमा देखिएका थिए । बानियाँ पक्ष हटाएरै छाड्ने र लामा राजीनामा नदिएर अविश्वास प्रस्तावको सामना गर्न तयार भएपछि कांग्रेसमा सांसद खरिदबिक्री हुन थालेको चर्चा हुन थालेको छ ।
मुख्यमन्त्री लामा जसरी पनि बहुमत सिद्ध गर्न लागेको र उनले पराजुली र श्रेष्ठलाई प्रलोभन दिएर हस्ताक्षर फिर्ता लिन लगाएको बानियाँ पक्षले आरोप लगाउन थालेको छ । प्रदेशमा लामा र बानियाँबीच सांसद तानातान गर्ने क्रममा १ करोडसम्मको चलखेल भएको स्रोत बताउँछ ।
थप दुई सांसदले हस्ताक्षर लिएपछि कांग्रेस संसदीय दलमा लामाको पक्षमा बहुमत पुग्नेछ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend