Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै


    मंगलबार, साउन १३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैछ ।

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि सोबारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौंडामा बिहान १० बजे सो बैठक बस्नेछ ।

    अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राती अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो ।

    बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार