Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बिचौलियाको नजर स्वास्थ्यतिर, त्रिशुली अस्पतालमा अनियमितताको चाङ


    शनिबार, साउन १० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बिदुर । त्रिशुली अस्पताल नुवाकोटमा उपकरणदेखि औषधि खरिद सेटिङमा हुँदैआएको छ । सस्तो उपकरण महंगो मूल्यमा खरिद गर्ने र जडानमा समेत कमिसनको खेल हुँदैआएको छ ।

    त्रिशुली अस्पतालले सर्जरी गर्दा आवश्यक पर्ने जीए मेसिन र युएसजी अल्ट्रासाउन्ड मेसिन खरिद सेटिङमा गरिएको छ । त्रिशुली अस्पतालका अस्पताल निर्देशक डा. राजेन्द्र लामाले जीए मेसिन सेटिङमा बबिरा मल्टीप्रपोज सप्लायर्स प्रालिलाई दिएका छन् । लामाले उक्त कम्पनीका संचालक जापानीकुमार बमलाई भ्याटबाहेक ३७ लाखमा जीए मेसिनको आपूर्तिको ठेक्का दिएका छन् ।

    त्यस्तै, अल्ट्रासाउन्ड मेसिन इन्भेट्रो ट्रेड कन्सर्न प्रालिका समीर गौतमलाई दिइएको छ । अल्ट्रासाउन्ड मेसिन २७ लाख रुपैयाँमा खरिद गरिएको छ ।

    त्यसैगरी, अस्पताल निर्देशक लामाले ल्याबका लागि आवश्यक पर्ने मेसिन र सामान खरिदका लागि गोपाल गुप्तासँग सेटिङ मिलाइसकेका छन् । औषधि खरिदको लागि गोसाइकुण्ड कम्पनीसँग मिलेमतोमा गर्न लागिएको छ ।

    त्रिशुली अस्पतालका लागि उपकरणदेखि औषधि खरिद सेटिङमा गरिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । आयोगले छानबिन पनि सुरु गरिसकेको छ ।

    शक्तिको आडमा टिकिराख्ने प्रवृत्ति डा. लामामा देखिएको छ । उनलाई त्रिशुली अस्पताल नुवाकोटमै टिकाइराख्न उपकरणदेखि औषधि सप्लायर्सका बिचौलियाले नै लगानी गरेका छन् । स्वार्थ समूह अस्पतालमा हावी हुँदा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हुँदैआएको छ ।

    डा. लामालाई त्रिशुली अस्पतालको निर्देशकमा डेढ बर्षअघि तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पठाएका थिए । जम्कट्टेलपछि आएका मुख्यमन्त्री बहादुरसिंह लामासँग पनि सेटिङ मिलाएर उनी अस्पतालको निर्देशकमा कायमै छन् । मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेसँगै उनलाई नुवाकोटमैं टिकाइराख्Þन बिचौलिया फेरि सलबलाएका छन् ।

    उपकरण र औषधि खरिदमा भएको अनियमितताबारेमा अस्पताल निर्देशक डा. राजेन्द्र लामाको प्रतिक्रिया यस्तो छ–‘त्यस्तो सेटिङ भएको छैन । आरोपहरु लाउँछन् । कागजी प्रक्रिया पुर्याएर खरिद गरेका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार