Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजिक संजालमा असल मानिसहरू आउनु जरुरी छ : महासचिव पोखरेल


    बुधबार, माघ ३० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक संजालमा असल मानिसहरु आउनुपर्ने कुरामा जोड दिएका छन् । असल मानिस सामाजिक संजालमा नआउँदा आएका खराव मान्छेहरुमात्र देखिने गरेको उनको धारणा छ ।

    महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्–‘तथ्य र सत्यका पक्षमा किन कोही वोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक संजालमा प्रश्न गर्नुभन्दा आफैंले लेख्न सुरु गर्नुहोस् । तपाईं आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ । त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्दछ । अराजकता र अशिष्टता क्रमशः कम भएर जान्छ ।

    सामाजिक संजाल आफैंमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घरभित्र बसेको मान्छे सडकमा नदेखिएजस्तै सामाजिक संजालमा असल मानिसहरु नआउँदासम्म आएका खराव मान्छेहरु देखिने हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार