Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यान्सरको उपचार गर्नेगरी दुर्गा प्रसाईंलाई पुर्पक्षमा पठाउने आदेश, अन्य ६ जना पनि थुनामै पठाइए


    शुक्रबार, जेष्ठ ३० २०८२
    1.3K
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर यस्तो आदेश दिएको हो ।

    प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश भएको हो ।

    चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलनका क्रममा घटेका घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए । पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

    जसमा २०८१ सालभित्रै राजा फर्किसक्ने भविष्यवाणी गर्ने ज्योतिष पुष्कर खतिवडालाई पनि २० हजार धरौटीमा छाडिएको छ । उनले चैत १५ गते तीनकुनेमा प्रहरीमाथि ढुंगा हानेको फोटो भाइरल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार