Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पतञ्जली जग्गा प्रकरण : माधव नेपालबिरुद्ध अख्तियारद्वारा मुद्दा दायर


    बिहिबार, जेष्ठ २२ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    नीतिगत निर्णयमा समेत अख्तियारले पहिलो पटक प्रधानमन्त्री भइसकेका बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    केहीबेरअघि मात्र अख्तियारले विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपालका बिरुद्ध मुद्दा दर्ता गरेको छ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल प्रधानमन्त्री हुँदा पतन्जलीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न छुट दिएको थियो । छोटो समयमै नेपालकै मन्त्रिपरिषदले उक्त जग्गा बिक्री गर्नसमेत दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार