Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजावादी आन्दोलनमा दुर्गा प्रसाईको महाभियान सहभागी नहुने


    बिहिबार, जेष्ठ १५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को नेतृत्वमा हुन लागेको आजको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ ।

    गएको चैत १५ गतेको आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईले सो दिन हिंसाा मच्चाएको आरोप राप्रपाले लगाएपछि आज उक्त समूह आन्दोलनमा सहभागी नहुने निर्णयमा पुगेको हो । दुर्गा प्रसाईको नामको फेसबुक पेजमा बिहीबार बिहानै राप्रपा नेतृत्वमा भएको आन्दोलनमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ ।

    आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि प्रसाई समूहले जनाएको छ ।

    दुर्गा प्रसाईको उग्रताका कारण राजावादी आन्दोलन बदनाम भएको भन्दै बिरोध भएपछि उनले जेलबाटै आफ्ना समर्थकलाई आजको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार