Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारले कर्मचारीमाथि छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिने थिति नबसालौं : मन्त्री लेखक


    बुधबार, जेष्ठ १४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बुधबार र बिहीबार संसदमा बोल्न नपाएपछि गृहमन्त्री रमेश लेखकले आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा राखेका छन् ।

    मन्त्री लेखकले अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नपठाएको बताएका छन् ।

    ‘तीर्थराज भट्टराई ०७७ देखि गृहमन्त्रालयमै थिए, मैले कुनै मन्त्रालय र विभागबाट ल्याएको कर्मचारी होइन ।’ उनले भने–‘म मन्त्रीका रुपमा आउँदा भट्टराई कसुरजन्य सम्पत्ति विभागमा महानिर्देशक थिए । उहाँ यसअघि महत्त्वपूर्ण विभाग र प्रजिअको रूपमा काम गरिसक्नुभएको थियो ।’

    रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा भट्टराईलाई गोरखाको प्रजिअ बनाएर पठाइएको बताए । उनले भने, ‘उहाँ २०७७ देखी निरन्तर गृह मन्त्रालय र मातहतको कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।’ मोरङ, महोत्तरी र गोरखाको प्रजिअ भएर काम गरिसकेका भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्यहाँ नखटाएको मन्त्री लेखकले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार