Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पूर्वगृहमन्त्री लेखक आज कार्की आयोगमा बयान दिन जाँदै, ओलीले लिखित जवाफ दिने


    सोमबार, पुष १४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले आज जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिने भएका छन् ।

    उनी दिउँसो १२ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा गएर घटनाबारे बयान दिने तय भएको हो ।

    त्यसपछि लेखकले दिउँसो २ बजे कांग्रेस संसदीय दलको कार्यालयबाट थप धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका क्रममा लेखक गृहमन्त्री थिए ।

    सुरुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै बयान नदिने सोचमा रहेका लेखकलाई नेपाली कांग्रेसका नेताहरुले जान सुझाव दिएका थिए ।

    तत्कालीन प्रधानमन्त्री ओली भने बयान दिन नजाने अडानमा छन् । तर उनी लिखित बयान दिन तयार भएका छन् । उनी आयोगको अस्तित्व स्वीकार गर्न बाध्य भएको अर्थमा लिइएकोक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार