Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण


    सोमबार, जेष्ठ ५ २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण गराइएको छ ।

    रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतण गराइएको छ।

    विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो ।

    जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो । ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार