Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलमानको पुनर्वहालीको माग गर्दै माइतीघरमा प्रदर्शन


    आइतबार, चैत्र २४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

    कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाईमा गरिएको प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर’ लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध आक्रोश प्रकट गरेका छन् ।

    गएको चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

    सरकारको निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालतमा न्याय माग्न गएका थिए । उनले पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अस्वीकार गरेको थियो । सो निर्णयपछि घिसिङले चैत २२ गते पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका थिए ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत विभिन्न संघसंस्थाले कुलमानको पुनर्वहालीको माग गर्दै प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार