काठमाडौं । गएको चैत ४ गते टोखाबाट ट्रकमा बरामद भएको अबैध २५ करोड रुपैयाँ नारायण पौडेलको भएको राजस्व अनुसन्धान बिभागले जानकारी दिएको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको उक्त रकम राजस्वको अनुसन्धानमा नारायण पौडेलको भएको देखिएको छ । तर उक्त रकम चीन पठाउने मामिलामा उनका दुई भाइ बच्चु पौडेल र राजकुमार पौडेलसमेत उत्तिकै संलग्न रहेको स्रोत बताउँछ ।
सो रकम बच्चु पौडेल र राजकुमारको समेत भएको तथ्य बिस्तारै खुल्न थालेको छ । टोखामा बरामद भएको रकममध्ये २ करोड रुपैयाँ सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाबाट निकालिएको तथ्य खुलेको छ । जुन सहकारीका अध्यक्ष बच्चु पौडेल छन् ।
सिन्धु सहकारीमा पौडेल दाजुभाइको कालोधन धेरै रहेको स्रोतको दाबी छ । उक्त सहकारीको साधारणसभाको बैधतामै प्रश्न उठिरहेको छ । केही महिनाअघि भएको साधारणसभा समेत कोरम नै नपुगी गरिएको आरोप लाग्ने गरेको छ । सहकारीका सचिवमा प्रल्हाद थापालाई राखिएको छ । जसको नाममा समेत पौडेल दाजुभाइले अथाह सम्पत्ति खरिद गरी शुद्धीकरण गरेको आरोप छ ।
रक्तचन्दन, सुन र भेपदेखि बिभिन्न तस्करीमा मुछिएका नारायण–बच्चु–राजकुमार पौडेल दाजुभाइले नै उक्त रकम चीनमा पठाएका थिए । राजस्वको अनुसन्धानले नारायणको मात्र संलग्नता देखिए पनि उक्त रकम जम्मा गर्न बच्चु पौडेल र राजकुमार पौडेलको संलग्नता खुल्न थालेको छ । सिन्धु सहकारीबाट नारायणका नाममा समेत २५ करोड बरामद हुनुअघि ऋण प्रवाह गरिएको देखिएपछि बच्चुको कनेक्सन प्रष्टै भएको छ ।
प्रहरीसँग सेटिङ मिलाएर उनीहरुले रकम चीन लाने गर्दैआएका थिए । तर चैत ४ गते राति सेटिङ गरिएको च्यानलभन्दा बाहिरको प्रहरी युनिटले सूचना पाएपछि उनीहरुको रकम बरामद गरेको थियो । रकम बरामद भएपछि नारायण पौडेलमात्र होइन, बच्चु र राजकुमारका साथै तीनै भाइका परिवारसमेत विदेश पलायन भएका छन् । नारायण दुबईमा भागेको भनिएको छ । उनीहरु दिल्लीमै रहेको समेत स्रोतको दाबी छ ।
स्रोत भन्छ–राजस्वले मिहीन अनुसन्धान गर्ने हो भने नारायण–बच्चु–राजकुमारले तस्करीबाट १० अर्ब भन्दा बढी कालोधन जम्मा पारेका छन् । राजस्व अनुसन्धान बिभागले छानबिन गर्ने हो भने नारायण, बच्चु र राजकुमारले रक्तचन्दन र सुन लगायतका तस्करीबाट यो धन जम्मा गरी त्यसलाई शुद्धीकरण गर्न आफ्नो फर्ममा काम गर्ने सवारीचालकदेखि फर्ममा काम गर्ने २३ जना कर्मचारीको नाममा लुकाएका छन् ।
ती कर्मचारी प्रत्येकलाई काठमाडौंमा घर किनिदिएर उनीहरुको नाममा आफ्नो सम्पत्ति लुकाउँदैआएका छन् । उनीहरुले लुकाएको सम्पत्तिमध्ये एक सामान्य परिवारका सदस्यहरुको खातामा मात्र पछिल्लो ६ महिनामा १ अर्ब २३ करोड रुपैयाँ कारोबार देखिएको स्रोतको दाबी छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend