काठमाडौं । गोसाइँकुण्ड गाउँपालिका– २ रसुवागढीबाट जेठ ४ गते प्रहरीले स्याउ बोकेको गाडीबाट बरामद गरेको साढे ७ किलो सुनका वास्तविक मालिकलाई प्रहरीले खोजी गरिरहेको छ ।
गाडीका चालक किशोरकुमार भूजेल पक्राउ परे पनि सुन कसको हो भन्ने एकीन गर्न प्रहरीले सकेको छैन । गएको चैत ४ गते टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ नारायण पौडेलको भएको राजस्व अनुसन्धान बिभागको अनुसन्धानबाट खुलेको थियो । जेठ ४ गते बरामद साढे ७ किलो सुन नारायणका भाइ राजकुमार पौडेलको भएका तथ्यहरु खुल्न थालेका छन् ।
राजकुमार पौडेलले उक्त सुन प्रकरणमा आफ्नो नाम नलिनका लागि चालक भूजेल र उनको परिवारका अलावा प्रहरीलाई समेत प्रभावित पार्न बिभिन्न सम्पर्क सूत्रहरु प्रयोग गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार चालक भूजेलकै टाउकोमा सबै दोष थोपरेर उम्कने खेलमा राजकुमार लागेका छन् ।
प्रहरीलाई पनि भूजेललाई नै सबै दोषको भारी बोकाएबापत ठूलै नजरानाको प्रस्ताव उनले गरेका छन् । भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार यसअघि पनि पटक–पटक सुन तस्करीमा संलग्न भएका पात्र हुन् । २०७४ मा पौडेलसहित ११ जनाबिरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले २२ किलो सुन तस्करीमा मुद्दा नै चलाएको थियो ।
जेठ ४ गते रसुवागढीबाट बरामद सुन राजकुमारकै भएको र उनी उक्त सुन तस्करीमा आफूलाई जोगाउन सबै अस्त्र प्रयोग गरिरहेका छन् । त्यसो त टोखाबाट बराद भएको अबैध २५ करोड रुपैयाँ र रस्ुवागढीबाट बरामद भएको साढे ७ किलो सुनको प्रकृति मिल्दोजुल्दो देखिएकाले पनि प्रहरीको अनुुसन्धानको सुई पौडेलतिरै सोझिएको थियो । प्रहरीले सुन पौडेलकै भएको सूचना पाएको संकेत पाएपछि राजकुमार पौडेल र उनका दाजु बच्चु पौडेलहरु चालक भूजेललाई मात्र दोष थोपरेर उम्किने दाउमा छन् ।
त्यसो त २५ करोड अबैध रकम बरामद हुँदा पनि नारायण पौडेल, बच्चु पौडेल र राजकुमारले प्रहरीबाटै टुंगो लगाउन खोजेका थिए । तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतले राजस्व अनुसन्धान बिभागमा बुझाइदिए । सुन प्रकरणमा धेरै प्रहरी अधिकृतहरु विवादमा परेको र कतिपयको क्यारियर नै चौपट भएकाले राजस्वलाई बुझाएका एसएसपी बस्नेतसँग
प्रहरीका उच्चपदस्थ अधिकारी समेत सन्तुष्ट थिएनन् । राजस्वमा बुझाइसकेपछि सुनका २५ करोडका मालिक नारायण पौडेल ह्ुन् भन्ने खुलासा भएको थियो । राजस्वले २५ करोडमा नारायण पौडेललाई उन्मुक्ति दिएर चालक कुसाङ लामा (फुच्चे)लाई मात्र मुद्दा चलाउन बिष्णु खत्रीमार्फत् ३ करोडकै प्रस्ताव गरेको भए पनि महानिर्देशक चण्डीप्रसाद घिमिरे प्रलोभनमा नपरी मुद्दा चलाइसकेका छन् । २५ करोड प्रकरणमा नारायण र कुसाङबिरुद्ध राजस्व अनुसन्धान बिभागले गएको बैशाख २ गते मुद्दा दर्ता गरिसकेको छ । २५ करोड अबैध रकममा सिन्धु सहकारी पनि जोडिएको छ ।
पौडेल दाजुभाइले तस्करीमा नयाँ नयाँ प्रयोग गर्ने क्रममा केरुङबाट स्याउ लोड गरी नेपाल भित्रिएको बा.७.झ ६२०१ कन्टेनरमा फल्सबटम बनाई सुन ल्याएको स्रोत बताउँछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend