Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारद्वारा कुलमानलाई बर्खास्त गर्ने निर्णय


    सोमबार, चैत्र ११ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

    उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए । डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका थिए । ऊर्जा मन्त्रालयले उनलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार