काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले अहिले देश समाजवादोन्मुख रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।” हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो, “उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ ।” उहाँले भन्नुभयो, “प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने बताउनुभयो । जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।”
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नहुने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने बताउँदै उहाँले प्रश्न गर्नुभयो, “जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो, त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?” देशमा दण्डहीनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उहाँको भनाइ थियो ।
सो अवसरमा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, आनन्द पोखरेल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल, नारायण अधिकारीलगायतले प्रधानमन्त्री केपी ओलीको कदमको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend