Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल: शंकर पाेखरेल


    सोमबार, पुष २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन् ।

    ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।

    ‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार