काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताउनुभएको छ ।
उहाँले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेकपामाथि कुनै बाहिरका व्यक्तिले नभएर पार्टी भित्रैबाट धारिलो हतियार प्रहार हँुदा फुटको अवस्थामा पार्टी पुगेको बताउनुभयो ।
उहाँले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको बैठकभित्र एउटा निर्णय गर्ने र बाहिर अर्कै कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचण्डले बैठकमा पार्टी एकताको सहमति गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेकाले समस्या आएको हो ।”
पौडेलले वर्तमान सरकारले पार्टीभित्रबाट असहयोग हँुदा पनि तीन वर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन पार्टीका अगुवा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पार्टी स्थायी कमिटी सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले पार्टी एकताको मुख्य आधार सहमतीय पद्धतिलाई भत्काएर सहमति विपरीत समीकरण निर्माण गर्नुले नै एकताको आधार भत्किएको बताउनुभयो । उहाँले निर्वाचन हुने विषयमा कुनै पनि आशंका नगर्न अनुरोध गर्दै राष्ट्रले सही निकास पाउने र समृद्ध राष्ट्र निर्माणका लागि निर्वाचनको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएका आरोपसहितको अभियोग पत्र नै विभाजनको प्रमुख कारण रहेको बताउनुभयो । उहाँले अभियोग पत्रमा छलफल हुन सक्ने ठाउँनै नरहेको र उक्त अभियोग पत्र निषेधको उद्देश्यले ल्याइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आरोपपत्र फिर्ता गरेको भए पार्टी एकता बचाउन सकिन्थ्यो ।”
पार्टी जिल्ला संयोजक शिवराज सुवेदीका अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज दधिराम न्यौपाने, पार्टीका नेता भोजप्रसाद श्रेष्ठ, पार्टी नेतृ पुष्पाञ्जलि उपाध्यायलगायतले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
–––
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend