Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेव गौतमको अभियानः श्रीमती र समर्थकलाई ओलीतिर पठाउने, एकताको धुन किन बजाउने ? 


    आइतबार, पुष १९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भइसकेको छ । नेकपा विभाजनको मुख्य कारकका रुपमा वामदेव गौतम हुन् । तर तिनै वामदेव गौतम पार्टी एकताका लागि दबाब दिन तेस्रो धार बनाउने तयारीमा छन् । उनले सोमबार तेस्रो समूहको घोषणा गर्दैछन् । पार्टीका वडातहसम्मका नेता कार्यकर्ता दुई समूहमा विभाजन भइसकेपछि गौतम भने एकताको राग अलापिरहेका छन् ।

    एकीकृत नेकपाको उपाध्यक्ष रहेका गौतमले श्रीमती तुलसा थापालाई नेकपा ओली समूहको १११९ सदस्यीय केन्द्रीय समितिको सदस्यमा पठाएका छन् । र, थापाले बाल्ुवाटारमा गएर ओलीबाट सपथ समेत लिइसकेकी छन् ।

    गौतमले छोरा हरिस गौतमलाई पनि ओली समूहले पठाएका छन् । हरिस गौतम बर्दिया जिल्ला कमिटीमा सदस्य छन् । बर्दियाबाट ओली समूहले महाधिवेशन आयोजक समितिमा राखेका १५ जना केही दिनअघि गौतमलाई भेट्न गएका थिए । उनले भेट्न जाने १५ जनालाई आपनो एकता अभियानमा साथ दिन आग्रह गरे । यदि आफूलाई साथ नदिने हो भने ओली समूहमै लाग्न उनले सुझाव दिएको एक सहभागीले नेपालफेसलाई बताए ।

    मन्त्री हुँदा एक दिन पनि भेट नपाएपछि केपी ओलीसँग टाढिएकी थममाया थापा र भूपेन्द्र थापा पनि गौतमलाई भेट्न गएका थिए । उनीहरुलाई पनि गौतमले ओली समूहलाई नै साथ दिन सुझाव दिएर पठाएका थिए । आफ्नी श्रीमती, छोरा र समर्थकलार्ई ओली समूहमा पठाएर गौतमले कस्तो एकताको अभियान सुरु गर्न लागेका हुन् ? यो प्रश्न प्रचण्ड–माधव र ओली समूहमा मात्र नभएर सामाजिक संजालमा समेत उठ्न थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार