डाेटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताउनुभएको छ । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन ।
उहाँले भन्नुभयो,“मन्त्रालयका कारण रुख काट्न नपाउदा काम रोकिएको भन्ने खबर मैले पाएँ, म सो विषयमा मन्त्रिपरिषद्मा फाइल लैजानेछु र काम सुचारु गराउछु ।” तीन दशकदेखि अलपत्र अवस्थामा परेको उक्त सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि रुख काट्न नपाउदा तथा कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदै आएको थियो । विसं २०७५ फागुन ७ गते उक्त सडकको कालोपत्रेको शिलान्यास भएको थियो ।
चुरे गाउँपालिकाका करनबहादुर छेडालले भन्नुभयो, “शुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, पछि रुख काट्न नपाउदा र कोरोनाले गर्दा काम सुस्त भएको छ, रुख नकाटिए समयमै काम सम्पन्न हुँन गारो अवस्था छ ।”
कैलालीको सहजपुर बजारबाट डोटीको बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यअनुसार ठेकेदार कम्पनीले उक्त कामको शुरुआती गरेको थियो । रुख काट्न नपाएर हाल सुस्तगतिमा भइरहेको निर्माण कार्यले तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ ।
सरकारले रु दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम शुरु गरिएको थियो । तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बताइएको छ । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend