Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र


    आइतबार, पुष १९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।

    लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

    ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार