काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने भएका छन् ।
सोमबार(भोलि)को मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाएर पूर्व सचिव अर्जुनकुमार कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन लागेको उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार करिब ६ महिनामात्र कार्यकाल बाँकी भएका घिसिङलाई हटाउनका लागि ८ अर्ब विद्युत बक्यौता नतिर्ने उद्योगीहरुले ऊर्जामन्त्री खड्का र प्रधानमन्त्री ओलीलाई सहमत गराइसकेका छन् । डेडिकेटेड र ट्रंकलाइनको सबैभन्दा बढी बक्यौता तिर्नुपर्ने जगदम्बा स्टीलका साहिल अग्रवाल र सुलभ अग्रवालले कुलमान हटाउन र अर्जुनकुमार कार्कीलाई प्राधिकरणमा कार्यकारी निर्देशकमा ल्याउने सेटिङ ऊर्जामन्त्री खड्कासँग गरिसकेको स्रोत बताउँछ ।
अग्रवाल दाजुभाइको जगदम्बा स्टीलले ४ अर्ब १४ करोड रुपैयाँ डेडिकेटेड र ट्रंकलाइनको महसुल तिर्न अटेर गर्दैआएको छ । पवन गोल्यानको रिलायन्स स्पीनीङ मिल्सले १ अर्ब ९४ करोड, संघाई ग्रुपको घोराही सिमन्टले १ अर्ब ३६ करोड र पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ । यी ठूला ब्यापारीहरु नै कुलमानलाई हटाउने र डेडिकेटेड र ट्रंकलाइनको महसु्ल नतिर्ने दाउमा छन् । उनीहरु बक्यौता नतिर्नकै लागि ऊर्जामन्त्री खड्कालाई करोडौं बुझाएर भए पनि कुलमान हटाउने र कार्कीलाई ल्याएर ८ अर्ब बक्यौता तिर्नुनपर्ने निर्णय गराउने खेलमा छन् ।
कार्की को हुन् ?
पूर्व भौतिक मन्त्रालयका सचिव अर्जुनकुमार कार्की प्राधिकरणका पनि पूर्वकार्यकारी निर्देशकसमेत थिए । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पीपीए र झोलामा खोला दर्ता गर्नेहरुसँग साँठगाँठ कसिलो रहेको थियो । प्राधिकरणमा हुँदा होस् कि जुनसुकै निकायमा हुँदा पनि कार्की सेटिङमा निपूर्ण र अकूत सम्पत्ति कमाउनेमा पर्दछन् ।
ऊर्जा मन्त्रालयमा कार्यरत रहँदा होस् कि प्राधिकरणको कार्र्यकारी निर्देशक हुँदा कार्कीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत अस्वाभाविक ढंगले बढाएका थिए । त्यसो त मध्य मस्र्याङ्दी आयोजना लगायतको लागत बढाउनेमा पनि उनको भूमिका उत्तिकै रहेको छ ।
भौतिक मन्त्रालयको सचिव हुँदा अर्जुनकुमारका दाजु माधव कार्की सडक बिभागमा डीजी थिए भने लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त थिए । त्यो समयमा कार्कीले सडक बिभाग अन्तर्गतका ठेक्कामा सेटिङ गर्ने गरेका थिए । कार्कीको निर्देशन अनुसार सेटिङ गर्न नमान्ने र प्रतिस्पर्धाका आधारमा ठेक्का दिनुपर्ने धारणा राख्ने उपसचिवा(डीई)देखि सहसचिवहरुलाई दिनुसम्म दुःख दिने काम अर्जुन–माधव कार्की दाजुभाइले गरेका थिए । दाजुभाइ नै लोकमानका प्रियपात्र रहेका थिए ।
अवकाशपछि अख्तियारको आयुक्त हुने भन्दै मातहतका कर्मचारीलाई तर्साउँदै आफूअनुकूलका काम गराउँदैआएका कार्की २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प जाँदा सहरी विकास मन्त्रालयका सचिव थिए । भूकम्पपछि कार्कीले दीपक मल्होत्रासँग विनाटेण्डर ४५ करोड रुपैयाँको त्रिपाल खरिद गरेका थिए । लोकमानसिंह कार्की र अर्जुन कार्कीको सेटिङमा ४५ करोड भुक्तानी दिने क्रममा ४० प्रतिशत कमिसन मल्होत्रासँग लिएको आरोप लागेको थियो ।
४५ करोडको त्रिपाल खरिदमा १० करोड अनियमितता गर्ने कार्कीलाई अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जोगाए । तर २–४ लाखको त्रिपाल खरिदमा प्रशासन शाखाका उपसचिवसहित ३ कर्मचारी र सप्लायर्सहरु माता इन्टरप्राइजेज, लक्की ए एस इन्टरप्राइजेज र दीपकिरण प्रिन्टीङ एण्ड ट्रेडसलाई मुद्दा चलाएका थिए । भूकम्पलगत्तै ४५ करोडको त्रिपाल आपूर्ति गरी तत्कालै भुक्तानी लाने दीपक मल्होत्राको कम्पनीलाई मुद्दा नचलाएका लोकमानले एकाध लाखको खरिदमा ३ कर्मचारी र सप्लायर्सका बिरुद्ध मुद्दा दायर गरेका थिए । त्यसमा पनि ित्रपाल खरिदको निर्णयकर्ता सचिव अर्जुनकुमार कार्कीलाई जोगाएर टिप्पणी उठाउने सुब्बा, स्टोरकिपर र उपसचिवदेखि खुद्रे ब्यापारीलाई मुद्दा चलाएका थिए ।
त्यसो त पुननिर्माण प्राधिकरणको सचिव हुँदा कार्कीले धरहराको ठेक्का सेटिङमा ४ अर्ब ४५ करोडमा कालिका, शर्मा लगायतका ठेकेदारहरुलाई दिने चलखेलमा लागेका थिए । उनले टेण्डर खोल्ने मिति ४ पटकसम्म सारे । रमण कन्ष्ट्रक्सनले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको टेण्डर प्रस्ताव गरेकालाई उसको अनुभवको प्रमाणपत्र कीर्ते भएको भनी तर्साए । तर सबै कम्पनीको अनुभवको प्रमाणपत्र कीर्ते रहेको पोल खोलिदिने रमण कन्ष्ट्रक्सनका पवन महतोको चेतावनीपछि अन्ततः कार्की झुकेर पाँचौं पटकमा टेण्डर खोल्न बाध्य भएका थिए । धरहरा रमणले १ अर्ब कम रकममा निर्माण सकेको छ ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend