Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को घरमा कुपुत्र/कुपुत्रीले आगो लगाइदिए! – डा. भट्टराई


    आइतबार, पुष १९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुरामा भट्टराईले नेपालकाे पछिल्लाे राजनीतिक घटनालाई सांकेतिक रूपमा चर्काे बिराेध गरेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीट मार्फत जिन्दगीभरको मेहनत खेर जान लागेको भन्दै दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुपुत्रको संज्ञा दिँदै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को घर नै जलाएको आराेप लगाएका छन् । आगो लगाउने कुपुत्र प्रधानमन्त्री ओली भएको संकेत गर्दै कुपुत्री राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ संकेत गरेका छन् ।

    उनले ट्वीटमा भनेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’ संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए !

    आगो लाग्दै गरेको घरमा सन्तानहरु आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको तर्क गरेका छन् । त्यस्तै, छिमेकी रमिते बनेको कारण उनले लौन आगो निभाउँ भन्दै आफ्नो विचार राखेका छन् ।

    Capturesasa.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार