काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पुस ७ देखि जारी केन्द्रीय समिति बैठक पुस १० मा स्थगित गरी देशब्यापी बिरोध प्रदर्शनमा लागेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सबै शक्ति एकढिक्का भएर बिरोधमा उत्रिनुपर्नेमा कांगं्रेस सभापति देउवाले भित्रभित्रै सरकारलाई सहयोग गरेको आरोप लाग्दैआएको छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइसकेपछि गरिएका संवैधानिक नियुक्तिमा देउवाले १३ वटा पदमा भागबण्डा गरेको आरोप छ । पछिल्ला दिनमा त ओली र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएका कुरा समेत बाहिर आएका छन् । सभापति देउवाले सरकारसँग भागबण्डा लिने र आन्दोलनको नाटक पनि गर्ने गरेको बिषयमा आजको केन्द्रीय समिति बैठकमा कुरा उठ्ने भएको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध सबै शक्ति एक ढिक्का भएर बिरोध गर्न नेकपा प्रचण्ड–माधव पक्षले आग्रह गर्दा देउवा तर्किंदैआएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend