Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाका ६ प्रदेश सांसद प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहतिर


    शनिबार, पुष १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेकपाका ६ प्रदेश सांसद प्रचण्ड- माधव नेपाल समूह छोडेर केपी शर्मा ओली समूहतिर लागेका छन्। सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपा सांसद प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन्।
     
    मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न उनीहरू इन्कार गर्दै प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन्।

    प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर नगरेका हुन्।

    बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ। सो बैठकमा नेकपाका प्रदेश इन्चार्ज भीम रावलको पनि सहभागितामा थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार