Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड-माधव नेपालमाथि यसरी गर्जिए प्रधानमन्त्री ओली


    शनिबार, पुष १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि कटाक्ष पाेखेका छन् ।

    काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका हुन् ।

    ओलीले भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’

    एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’

    ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार