Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीले भने-संसद विघटन साहसिक कदम हाे, यसकाे सर्बत्र समर्थन भइरहेको छ


    शनिबार, पुष १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले संसद विघटनकाे सबै तिर समर्थन भइरहेकाे बताएका छन्।

    ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले भने, ‘बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिएको छ, तर हामी नयाँ उचाईमा पुगेका छौं । सर्बत्र यसको समर्थन भइरहेको छ ।’

    आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।

    उनले भने,’संसद विघटन प्रधानमन्त्रीकाे साहसिक कदम हाे।’

    आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै ओली समूहका नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार