वासिंगटन डिसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका कारण भारत र अमेरिकाबीच धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको खुलेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस द्विपक्षीय बैठकमा मोदीलाई भने कि भारतले अब अमेरिकाबाट धेरै तेल र प्राकृतिक ग्याँस पनि किन्नेछ। यसले दुई देशबीचको व्यापार घाटा कम गर्न मद्दत गर्ने ट्रम्पको विश्वास रहेको छ ।
यति मात्र होइन, बिदेश सचिवले पनि एक विज्ञप्तिमार्फत अमेरिकावाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस खरिद गर्ने जनाएका छन । यस्तो अवस्थामा भारतले अमेरिकाबाट बढी तेल किन्ने हो भने मुस्लिम देशको के होला ? यो सम्झौताले मुस्लिम देशहरूमा कत्तिको प्रभाव पार्छ ? यसको बहस पनि सुरू हुन थालेको छ ।
पहिले जानौं भारतका विदेश सचिवले के भने ? त्यसपछि यो बहस सुरु भएको हो । हालै परराष्ट्र सचिव विक्रम मिश्रीले अमेरिकाबाट तेल र ग्याँस आयात वार्षिक १५ अर्ब डलरबाट २५ अर्ब डलर पुग्ने सम्भावना रहेको बताएका छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि भारतले अमेरिकासँगको व्यापार १० डलरले मात्रै बढयो भने मुस्लिम देशहरूमा कति असर पर्छ ?
बीबीसीका अनुसार भारतले विश्वका ३० भन्दा बढी देशबाट तेल किन्ने गरेको आर्थिक विज्ञहरू बताउँछन् । भारत अझै पनि विश्वमा तेलको तेस्रो ठूलो उपभोक्ता र दोस्रो ठूलो आयातकर्ता हो। सकेसम्म धेरै देशबाट तेल किन्न भारतको कूटनीतिको एउटा हिस्सा मानिन्छ। त्यसैले अमेरिकासँगै भारतले साउदी अरेबिया, युएई, रुस, इराक र कुवेत जस्ता धेरै देशबाट तेल आयात गर्छ ।
भारतको उपभोग यति धेरै छ कि अमेरिकातिर सरयो भने पनि अरु देशलाई खासै फरक नपर्ने विश्वास गरिन्छ । आर्थिक मामिलाका जानकार तथा उर्जा विज्ञ नरेन्द्र तनेजाका अनुसार भारतले विश्वका ३० भन्दा बढी देशबाट तेल र ग्याँस आयात गर्छ । जसअनुसार भारतले दैनिक ५५ लाख ब्यारेल तेल खपत गर्छ ।
‘भारतले कुनै एक देशमा भर पर्न खोजेको छैन किनभने कहिलेकाहीँ युद्ध, भूकम्प वा कुनै प्राकृतिक प्रकोपका कारण तेल आपूर्ति बन्द हुन्छ। त्यसैले हामीले धेरै देशबाट तेल लिँदा जुनसुकै देशमा अवरोध आए पनि त्यसोभए अन्य देशबाट खरिदहरू बढाएर व्यवस्थित गर्न सकिन्छ। यो फाइदा भारतले यो सम्झौतामा पनि प्रयोग गर्नेछ, भारतले कुनै पनि देशबाट आपूर्तिमा उल्लेख्य कमी आउन नदिने र अमेरिकाबाट पनि तेल आयात गर्नेछ,’ उनले भने ।
तर, भारतले मुस्लिम देशहरूबाट अलिकति कम तेल लिन थाले पनि त्यसले खासै असर गर्दैन किनभने साउदी अरेबिया, यूएईजस्ता धेरै खाडी देशहरू तेलमा आधारित अर्थव्यवस्था परिवर्तन गर्न चाहिरहेका छन । किनभने, यी सबै देशहरूले तेलको निर्भरताको भविष्य छैन भन्ने बुझेका छन्। त्यसैले यदि भारतले अमेरिकाबाट बढी तेल किन्यो भने यी मुस्लिम देशहरूलाई खासै असर पर्दैन। ती देशहरू पनि अब तेलको सट्टा अन्य उत्पादनहरू बेच्न इच्छुक छन्।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend