काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ ।
यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ।
भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको तथ्यांकअनुसार जनवरी २०२० देखी जुलाई २०२५ बीचको साढे पाँच वर्षमा ७ हजार २४४ भारतीयहरूलाई विभिन्न कारणले निर्वासित गरिएको छ । ती मध्ये लगभग एक चौथाई अर्थात १ हजार ७०३ ट्रम्पले दोस्रो पटक पदभार ग्रहण गरेपछि फिर्ता पठाइएको छ ।
ट्रम्प प्रशासनले २०२५ को शुरुवातमा अध्यागमन नीतिलाई कडा पारेको थियो। विदेश विभागले भन्यो, ‘हामी निरन्तर भिसा धारकहरूलाई जाँच गर्छौं कि उनीहरूले सबै अमेरिकी कानून र अध्यागमन नियमहरू पालना गरिरहेका छन्। यदि तिनीहरूले त्यसो गर्दैनन् भने हामी तिनीहरूको भिसा रद्द गर्नेछौं र तिनीहरूलाई देश निकाला गर्नेछौं।”
परराष्ट्र मन्त्रालयका अनुसार यस वर्ष देश निकाला भएका एक हजार ७०३ जनामध्ये ८ सय ६४ जना चार्टर र सैन्य उडानमार्फत फर्किएका छन् । यूएस भन्सार र सीमा सुरक्षा (सैन्य उडान) ले फेब्रुअरी ५, १५ र १६ मा ३३३ भारतीयलाई देश निकाला गरेको थियो।
यूएस अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) ले मार्च १९, जुन ८ र जुन २५ मा चार्टर उडानहरू मार्फत कुल २३१ व्यक्तिहरूलाई निर्वासित गर्यो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पनि जुलाई ५ र १८ मा ३०० जनालाई चार्टरमार्फत भारत फिर्ता पठाएको थियो।
थप रूपमा ७ सय ४७ भारतीयहरूलाई व्यावसायिक उडानहरू मार्फत स्वदेश फर्काइएको थियो। सोही अवधिमा पनामाबाट ७२ जना फर्किएका छन् ।
यदि राज्य अनुसार हेर्ने हो भने पञ्जाबका सबैभन्दा बढी अर्थात ६२० जनालाई देश निकाला गरिएको थियो। यसपछि हरियाणाका ६०४, गुजरातका २४५, उत्तर प्रदेशका ३८, गोवाका २६, महाराष्ट्र र दिल्लीका २०–२०, तेलंगानाका १९, तमिलनाडुका १७, आन्ध्र प्रदेश र उत्तराखण्डका १२ र कर्नाटकका ५ जनालाई फिर्ता पठाइएको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend