काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ ।
यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ।
भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको तथ्यांकअनुसार जनवरी २०२० देखी जुलाई २०२५ बीचको साढे पाँच वर्षमा ७ हजार २४४ भारतीयहरूलाई विभिन्न कारणले निर्वासित गरिएको छ । ती मध्ये लगभग एक चौथाई अर्थात १ हजार ७०३ ट्रम्पले दोस्रो पटक पदभार ग्रहण गरेपछि फिर्ता पठाइएको छ ।
ट्रम्प प्रशासनले २०२५ को शुरुवातमा अध्यागमन नीतिलाई कडा पारेको थियो। विदेश विभागले भन्यो, ‘हामी निरन्तर भिसा धारकहरूलाई जाँच गर्छौं कि उनीहरूले सबै अमेरिकी कानून र अध्यागमन नियमहरू पालना गरिरहेका छन्। यदि तिनीहरूले त्यसो गर्दैनन् भने हामी तिनीहरूको भिसा रद्द गर्नेछौं र तिनीहरूलाई देश निकाला गर्नेछौं।”
परराष्ट्र मन्त्रालयका अनुसार यस वर्ष देश निकाला भएका एक हजार ७०३ जनामध्ये ८ सय ६४ जना चार्टर र सैन्य उडानमार्फत फर्किएका छन् । यूएस भन्सार र सीमा सुरक्षा (सैन्य उडान) ले फेब्रुअरी ५, १५ र १६ मा ३३३ भारतीयलाई देश निकाला गरेको थियो।
यूएस अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) ले मार्च १९, जुन ८ र जुन २५ मा चार्टर उडानहरू मार्फत कुल २३१ व्यक्तिहरूलाई निर्वासित गर्यो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पनि जुलाई ५ र १८ मा ३०० जनालाई चार्टरमार्फत भारत फिर्ता पठाएको थियो।
थप रूपमा ७ सय ४७ भारतीयहरूलाई व्यावसायिक उडानहरू मार्फत स्वदेश फर्काइएको थियो। सोही अवधिमा पनामाबाट ७२ जना फर्किएका छन् ।
यदि राज्य अनुसार हेर्ने हो भने पञ्जाबका सबैभन्दा बढी अर्थात ६२० जनालाई देश निकाला गरिएको थियो। यसपछि हरियाणाका ६०४, गुजरातका २४५, उत्तर प्रदेशका ३८, गोवाका २६, महाराष्ट्र र दिल्लीका २०–२०, तेलंगानाका १९, तमिलनाडुका १७, आन्ध्र प्रदेश र उत्तराखण्डका १२ र कर्नाटकका ५ जनालाई फिर्ता पठाइएको थियो ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend