काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन् ।
केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन् ।
केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन् ।
‘संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाललगायत संसारका विभिन्न देश तथा त्यसका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जनजस्ता क्षेत्रमा नकारात्मक असर पारेको छ भने पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू-राजनीति अस्थिर बनेको छ र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएको छ,’ केसीको विज्ञप्तिमा भनिएको छ ।
केसीले अनाहकमा रुसले छेडेको युद्ध व्यहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनकलगायत अन्य छिमेकी राष्ट्रहरुको पनि अस्तित्व खतरामा परेको जनाएका छन् ।
‘यस परिस्थितिमा ती निर्णयहरूमाथि पुनर्विचारको लागि ट्रम्प प्रशाशन तथा अमेरिकी नागरिकहरूलाई अनुरोध गर्न यही फागुन ६ गते (मार्च १८ तारिख) अपराह्न ३:३० बजे अमेरिकी दूतावासनजिक (नारायण गोपाल चोक आसपास) स्थानीय प्रशासनले तोकेको स्थानमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा भाग लिन सबैलाई अनुरोध गरिन्छ,’ केसीले विज्ञप्तिमा भनेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend