Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • एमालेनिकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल, महासचिवमा अधिकारी


    शनिबार, फाल्गुन ३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् ।

    काठमाडौं जारी महाधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।

    यसैगरी, वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास शाह, अन्य केन्द्रीय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन । साथै, महासचिवमा रामचन्द्र  अधिकारी, उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्बिरोध निर्वाचित भएका छन् ।

    नेकपा एमाले निकट कर्मचारी संगठनको महाधिवेसन गत माघ ३० उद्घाटन भए पनि फागुन १ मा सम्पन्न गर्नु पर्ने थियाे तर ४ दिन पछि अर्थात शनिवार मात्रै नयाँ नेतृत्व चयन भएको हो । सहमति कि निर्वाचन भन्ने बिबादका बिचमा ढिला गरी शनिवार नयाँ नेतृत्व चयन गरिएको हो ।

    साे महाधिवेसनकाे उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार