काठमाडौं । विद्यालयतहका पाठ्यपुस्तक प्रकाशित गर्ने जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध संचालक पद यही फागुन १० गतेबाट रिक्त हुँदैछ । केन्द्रको रिक्त प्रबन्ध संचालकका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २९ माघ, २०८१ मा दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत् पदपूर्ति गर्ने उद्देश्यले मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले प्रबन्ध सञ्चालकको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ जारी गरेको छ । उक्त कार्यविधिमा तोकिएको मापदण्ड अनुसार इच्छुक व्यक्तिहरूलाई सात दिनभित्रमा आवेदन दिन आह्वान गरिएको छ ।
शिक्षा मन्त्रालयले प्रबन्ध संचालकको दरखास्त माग गरेपछि जनक शिक्षाकै कर्मचारी तिलबहादुर अधिकारीको दौडधूप निकै बढेको छ । विगतमा रामचन्द्र सिलवालसँगै केन्द्रको पाठ्यपुस्तक छपाईदेखि कागज खरिदका क्रममा अनियमिततामा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत चलाएका अधिकारीलाई प्रबन्ध संचालक बनाउन धनगढी प्रादेशिक कार्यालयका प्रमुख राम कुँवर लागेका छन् ।
अधिकारीलाई प्रबन्ध संचालक बनाउनका लागि कुँवर धनगढीबाट बिदा नै नलिई काठमाडौंमा आई शिक्षा मन्त्रालयमा अड्डा जमाएर बसेका छन् । भीम रावलका निकट कुँवर अधिकारीलाई प्रबन्ध संचालक बनाएर केन्द्रका टेण्डरदेखि विभिन्न खरिदमा सेटिङ गर्न पछिल्ला दिनमा एमालेसँग नजिकिएका छन् । राप्रपा हुँदै राजावादी भएका र लोकतन्त्रको चर्को बिरोध गर्ने केशरबहादुर बिष्टको कोटरीका हुन् तिलबहादुर अधिकारी र पूर्व प्रबन्ध संचालक रामचन्द्र सिलवाल ।
राप्रपानिकट अधिकारीलाई प्रबन्ध संचालक बनाउन एमाले हुँ भन्ने कुँवर सक्रिय भएका छन् । १० गते पदरिक्त हुनासाथ कुँवरले तिलबहादुरलाई कार्यवाहक बनाउन लबिङ गरिरहेका छन् । हरेक दिन कुँवर शिक्षा मन्त्री विद्या भट्टराई र सचिव दीपक काफ्लेसँग भेट्ने र अधिकारीलाई कार्यवाहक दिलाउन लागेका छन् । पदरिक्त हुनासाथ कार्यवाहक दिएर खुल्ला प्रतिस्पर्धामा उनैलाई प्रबन्ध संचालक बनाउने गरी उनले शिक्षामन्त्री र सचिवलाई मिलाइसकेको भन्दै हिंडेका छन् । जनक शिक्षाको अध्यक्ष सचिव हुने भएकाले कुँवरले काफ्लेलाई अधिकारीको पक्षमा कन्भिन्स गरेको दाबी गर्दैआएका छन् ।
मन्त्री भट्टराई र सचिव काफ्लेले कुँवरको सेटिङमा तिलबहादुरलाई नै प्रबन्ध संचालक बनाउने गरी कार्यबिधिमा मानविकी अध्ययन गरेकाले दरखास्त नै दिन नपाउने प्रवाधान राख्न लगाएका थिए । तर ब्यापक बिरोध भएपछि मन्त्रालयले सच्याएको थियो । र, शिक्षा, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनसहित सबै बिषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेर कुनै संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको थियो ।
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend