Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • रवि र छविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता हुँदै


    आइतबार, माघ ६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कास्की र काठमाडौंबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीका बिरुद्ध आइतबार रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी पूरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्दैछ ।

    लामिछाने र पूर्वडीआईजी जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गर्दै सरकारी वकिलले रुपन्देही अदालतमा पूरक मुद्दा दर्ता गर्न लागेको हो ।

    यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलले शुक्रबार अदालतमा पूरक मुद्दा लैजान नसकेको जनाएको थियो ।

    आइतबार कार्यालय खुलेपछि लामिछाने र जोशी लगायत १४ जनाविरुद्ध पूरक मुद्दा अदालतमा दर्ता गर्न लागेको हो ।
    जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

    त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । त्यसमध्ये १७ जनालाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार