Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छविलाल जोशीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज


    बुधबार, असोज १६ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

    आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो । जोशी पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उनी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

    गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका जोशीले त्यहाँ रहँदा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ । जोशीका व्यापारिक साझेदारहरु जीबी राई फरार छन् भने रवि लामिछानेलाई सरकारले अहिलेसम्म पक्राउ गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार